स्वर्गीय गणेशमानको धज्जी उडाउँदै मन्त्री प्रकाशमान

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधान मन्त्रीसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंह केही महिना अगाडि देखि विवादमा पर्दै आएका छन् । मन्त्री सिंहले शहरी विकास मन्त्रालय सम्हालेसँगै भ्रष्यटाचार र विकृतिमा लिप्तहुँदै गएको आरोप लाग्उन थालेको छ । बजेट तर्जुमा गर्ने देखि कर्मचारी सरुवा, बढुवा विवादमा पर्दै आएका छन् । कहिले त भवन विभागको महानिर्देशक सरुवा गर्ने कहीले त अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिमा कर्मचारी सरुवा गर्ने, नगर विकास कोषमा आफ्नो मान्छे भर्ना गर्ने त कहिले ठेकेदारहरु सँग मिलेमतो गरी शहरी विकास आयोजनाको ठेक्का आफ्नो पोल्टामा पार्ने काम गरेर विवादमा तानिँदै आएका थिए ।

उनै उपसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंहले विकासभन्दा भ्रष्टाचार विकृति बढाएर स्वर्गीय गणेशमान सिंहको समेत धज्जी उडाएको आरोप लागेको छ । त्यसको साथ–साथै संघीय शहरी विकास मन्त्रालय अन्र्तगत अधिकांश ठाउँमा कनिका छरे जसरी बजेट छरेर अर्को कृतिमानी कायम गरेका छन् । मन्त्री प्रकाशमानले एक हजा देखि लिए ९९ सय लाख सम्मको योजना समावेश गरेर बजेट हिनामीना गरेको आरोप लाग्न थालेको छ । संघीय सरकारले तीन करोड भन्दा माथिको आयोजना नराख्ने भनेतापनि शहरी विकासमन्त्रीले मापदण्ड विपरीत एक हजारका दरले बजेट विनियोजन गरेर सर्वसाधरण जनतालाई उल्लु बनाएका छन् ।

मन्त्री सिंहले शहरी विकास मन्त्रालय अन्र्तगत विभिन्न आयोजनाको ठेक्का, भवन निर्माणको ठेक्कामा समेत आखाँ गाँडेको श्रोतले उल्लेख गरेको छ । त्यस्तै बागमती सभ्यता एकीकृत विकास समितिको बजेटमा कार्यकर्ता भर्ना गर्ने र ठेक्कापट्टाको काम आफ्ना कार्यकर्तालाई दिलाएर कमिसन खाएको समेत आरोप लागिरहेको छ । अर्कोतर्फ नगर विकास कोषको कार्यकारीमा विनोद प्रकाश पण्डितलाई नियुक्ती गरेर ठूलो मात्रामा आर्थीक लाभ लिएका थिए । पण्डित पनि खान र खुवाउनमा माहिर व्यक्ति हुन् । हुन त उनी इन्जिनियर भएकै कारण इस्टिमेट लागत बढाएर नगर विकास कोष अन्तर्गत पर्ने विभिन्न आयोजना र ठेक्काहरुमा ठूलो आर्थिक लाभ लिँदै आएका व्यक्ति हुन् । त्यसबाट आउने कमिसन मन्त्री सिंहलाई बुझाउने गरेका छन् ।

उता भवन विभागका तत्कालीन महानीर्देशक कुमार आचार्यलाई हटाएर कृर्तिपुरका सोझा इन्जिनियर मच्चाकाजी श्रेष्ठलाई भवन विभागको महानिर्देशक बनाएका थिए । त्यसैगरी बागमती सभ्यता एकीकृत विकास समितिमा नारायण भण्डारीलाई पठाएर ठूलो आर्थिक लाभ लिएको बताइन्छ । भने, संघीय सचिवालयमा चक्रवती कण्ठलाई सरुवा गरेर आतंक मच्चाएका थिए । उनै मन्त्री सिंहको कारण नेपाली कांग्रेसभित्र ब्यापक असन्तुष्टि छाएको छ । नेपाली कांग्रेसले मन्त्री सिंहलाई उपसहित शहरी विकासमन्त्री बनाएर पठाएता पनि देशैभरी शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने कार्यालय र विभागहरुमा सरुवा बढुवा देखि ठेक्का पट्टासम्म हात पारेर कमाउ धन्दा सञ्चालन गर्दै आएको उच्च श्रोतले बताएको छ । आर्थिक वर्षको अन्त्य हुन लागेसँगै कमिसनको खेतीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *