काठमाडौं । दलहरुको सरकार फेरिएसँगै सरकारले कर्मचारी फेर बदल गर्ने गरेको छ । सरकारले आ–आफ्नो पार्टी नजिकका कर्मचारीहरुलाई आ–आफ्नो मन्त्रालयमा सरुवा गरेर ल्याएता पनि मन्त्रीले चाहे अनुसारको काम कर्मचारीले गर्ने गरेका छैनन् । कतिपय कर्मचारीहरु आफ्नो स्वार्थ अनुसार चल्ने गरेका छन् । सचिव र सह–सचिवहरुले गर्ने काम पनिढिला सुस्ती र आनाकानी गर्दै आफ्नो स्वार्थ अनुसार काम गर्ने यदि आफ्नो स्वार्थ अनुसार भएन भने नगर्ने गर्दै आएका छन् । उनै सचिव र सह–सचिवहरुले गर्दा सरकारका मन्त्रीहरु बेलाबखत विवादमा तानिने गर्दछन् ।
कर्मचारी कै कारण सरकार नै बदनाम नै हुने गरेको छ । सरकार बदनाम हुनुभनेको मुख्य सचिवको कम्जोरी हो । मुख्य सचिव कर्मचारीको अभिभावक हो । तर, तिनै मुख्य सचिवले सह–सचिव, सचिव, उप–सचिव, शाखा अधिकृत र नासुहरुलाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा सरकारसँगै कर्मचारी तन्त्रपनि ध्वस्त हुन पुगेको हो । मुख्य सचिवले तिनै कर्मचारीहरुलाई प्रयोग गरेर आर्थिक उपार्जन गर्नको लागि प्रयोग गर्ने गर्छन् ।
आफ्नो आसेपासेलाई मालदार अड्डामा खटाउने गर्दछन्, आफ्नो विरुद्व लाग्ने कर्मचारीहरुलाई अन्यत्र सरुवा गर्ने र बरन्डामा थन्क्याउने काम तिनै मुख्य सचिवले गर्दै आएका छन् । आज तिनै मुख्य सचिव एकनारायण अर्यालकै कारण एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बदनाम गराएका छन् ।
कुनै ताका तिनै माधव नेपालको पुच्छर भएर विभिन्न माल्दार अड्डामा जान सफल भएका थिए । माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि अर्यालले माधव नेपाल त्यागेर ओलीतिर लागेका थिए । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रयोग गरेर मुख्य सचिव पनि बन्न पुगे । मुख्य सचिव अर्याल र अख्तियार प्रमुख प्रेम राईको मिलेमतोमा पतञ्जली काण्डमा माधव नेपाललाई फसाएको आरोप उच्च तहकै कर्मचारीले बताएका छन् । तर, माधव नेपाल पतञ्जली काण्डमा सफाई पाउने बताइएको छ ।
अख्यिार प्रमुख प्रेम राई र अर्यालको निर्देशन अनुसार आगामी असार १७ गतेभित्र उच्च तहका कर्मचारी र केही राजनितिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर गर्ने सम्भावना रहेको उच्च श्रोतले बताएको छ । अर्को तर्फ मुख्य सचिव र केपी ओलीको दुश्मनीहरुलाई अख्तियारले निशाना बनाएको हुन सक्ने आकलन कर्मचारीहरुले गर्न थालेका छन् ।

