काठमाडौं । जसरी दम्भका कारण ज्ञानेन्द्र शाह पतन भए । ठीक उही ढङ्गबाट शक्ति र उन्मादले भरिएका केपी शर्मा ओली पनि पतन हुन पुगेका छन् ।
दुई दिनसम्म चलेको जनविद्रोह, देशव्यापी प्रदर्शन र २२ युवाको बर्बर हत्यापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । ओलीको राजीनामासँगै मुलुक गहिरो राजनीतिक संकटमा फसेको छ । शक्ति शन्यतामा धकेलिएको छ । अब मुलुकको नेतृत्व कसले गर्दछ ? सडकमा फैलिएको अराजकतालाई कसले नियन्त्रण गर्छ ? यी प्रश्नहरु उठ्न थालेका छन् ।
ओली इतिहासकै बदनाम भएका हुन् । २०७७ र ०७८ मा दुईदुई पटक गरेको संसद् विघटनले गरे । खासमा त्यो ओलीबाट भएको अक्षम्य राजनीतिक अपराध थियो, राजा ज्ञानेन्द्रले २०५९ असोज र २०८१ माघमा गरेजस्तै । संविधान कुल्चेर ओलीले गरेको विघटनमा उन्मुक्ति नदिइएको भए आज ठूला राजनीतिक दल, तिनका नेता र समग्र देशले हिजो र आजको क्षति बेहोर्नु पर्ने थिएन् । लोकतन्त्र र गणतन्त्रमाथि यति धेरै प्रश्न पनि यस अघि कहिल्यै उठेको थिएन ।
माओवादी,काँग्रेस र रास्वपासहितको सरकार हुँदा काँग्रेस पार्टी ओलीको पिछलग्गू बनेर नयाँ सरकार गठनतिर नलागेको र सुशासनतिरै केन्द्रित भएको भए आज यो स्थिति आउने थिएन । लोकतान्त्रिक–गणतान्त्रिक इतिहासमा ओलीले सबैभन्दा कमजोर बन्न पुगेका छन् । १६ महिनाअघि जुन छलकपटबाट ओली प्रधानमन्त्री बनेका थिए, उनको राजनीतिक अवसान पनि जस्तालाई तस्तै गरी भएको छ ।
उनले सामाजिक सञ्जालमाथि प्रतिवबन्ध लगाएर । त्यही कारण नै जेनजी पुस्ता आन्दोलित मात्र भएन । ओलीलाई सत्ताच्यूत मात्र गरेन । व्यवस्था नै परिवर्तन गर्ने गरी जेनजी पुस्ताको आन्दोलन चल्यो । २२ जनाको ज्यान जाँदा समेत ओली गलेका थिएनन् । सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकमा उनी राजीनामा दिन अगाडि सरेका गृहमन्त्रीलाई राजीनामा दिनु पर्दैन भन्दै थिए ।
जेनजीको आन्दोलनमा घुसपैट भएको भन्दै उनी राजीनामा दिने तयारीमा थिएनन् तर जब जेनजी नेपाली सेना प्रमुख अशोकराज सिग्देलको ब्रिफिङपछि मात्र राजीनामा दिन तयार भएका हुन । उनले त बेलुका ६ बजे सर्वदलीय बैठक आह्वान गरिरहेका थिए । स्रोतका अनुसार सेना प्रमुख सिग्देलले पृतनापतिको बैठकपछि सिग्देल बालुवाटार पुगेका थिए ।
बालुवाटार पुगेपछि सिग्देलले देशव्यापी आन्दोलन हिंसात्मक बन्दै गएको र गम्भीर सुरक्षा अवस्था सिर्जना भएको ब्रिफिङ गरेका थिए । सेना प्रमुखको ब्रिफिङपछि ओली मनोवैज्ञानिक दबाबमा परे र उनी वालुवाटारबाट निस्किएको १० मिनेटमा राजीनामा दिएको घोषणा गरेका थिए। सिग्देल बालुवाटारबाट सिधै राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा दिएका थिए ।
यो घटनापछि शक्ति र उन्मादले मैमत्त बादशाह एक दिन अपमानपूर्वक घोडाबाट झर्नैपर्दछ भन्ने अर्काे उदाहरण दिएको छ । नेपालको राजनीतिक इतिहासमा पटक–पटक पुष्टि भइसकेको यो तथ्य मंगलबार पनि पुष्टि भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा पनि लागू भएको छ। जनता जागेपछि जस्तोसुकै बादशाह पनि घोडाबाट ओर्लनै पर्छ, ओली पनि ओर्लन बाध्य भएका छन्, तर देशमा अराजकताको आगो सल्काएर मात्र।
क्रूर शासकले गर्ने हर्कत नै यस्तै हो, जो ओलीले गरेका छन्। यस्ता ‘क्रूर बादशाह’हरू नेपालको राजनीतिक इतिहासमा अरु पनि जन्मे, जनताको शक्तिले तिनीहरूलाई घोडाबाट झर्न बाध्य परे। ती सबै क्रूर बादशाहहरूलाई ओलीले उछिनेका छन्। यस्ता शासकहरु बेला बेलामा शक्ति र सत्तामा पुगेका छन् र जसरी सत्तामा पुगेका थिए उसैगरी सत्ताच्यूत पनि भएका छन् ।
हिजोका दिनमा लोकमान सिंह कार्कीको रजगज थियो । उनी उसैगरी पतन भए । यस्तै सर्वाेच्च अदालतमा चोलेन्द्र शमशेर जवराको रजगज चल्यो । ती पनि उसैगरी सत्ताच्यूत हुनु परेको इतिहास छ । अन्य दलको अस्तित्व अस्वीकार गर्ने,म नै राज्य हुँ,म नभए देशै चल्दैन भन्ने भ्रममा रहेका एक क्रुर शासकको अन्त्यमा पराजय भएको छ र युवापुस्ताको विजय । भलै अबको विकल्प को ? के उनै वालेन साह ? वा कारागारबाट निकालिएका रवि लामिछाने ? पूर्व प्रधानन्यायधीश सुशीला कार्की वा कल्याण श्रेष्ठ ? उनीहरु कति दूधले नुहाएका पात्र हुन ?

