काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका लागि इजरायली सेनालाई विशेष धन्यवाद दिएका छन्।
उनले इजरायली सेनाले अभूतपूर्व काम गरिरहेको समेत बताए। उनले देश भक्त अमेरिकीले आकाशमा उडेर संसारमा अहिलेसम्म नदेखिएको दुर्लभ काम गरेको समेत बताए। राष्ट्रको नाममा शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे.डी. भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।

