लिजमा जहाज थप्ने विषयमा उड्डयनमन्त्री पाण्डेको निर्णय, पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने जिकिर

विविध समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ विमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल भइरहेको बताएका हुन् । उनले हरेक विमान खरिद गर्दा पारदर्शीताको प्रश्न र काण्डहरू आउने गरेकाले पारदर्शीतालाई सुनिश्चित गर्न संयन्त्र नै खडा गर्नुपर्ने देखिएको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *