काठमाडौं । सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै संघले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । ओ एन्ड एम गर्दा अस्पताल व्यवस्थापन अधिकृत सातौँ र नवौँ तह लगायतका पदलाई बेवास्ता गरी डाक्टर र नर्सहरूको मात्रै डाटा निकालेर सर्वेक्षण हुनु आपत्तिजनक रहेको संघले जनाएको छ ।
अहिले नेपालमा १५ वटा विश्वविद्यालय स्तरीय शैक्षिक संस्थाबाट वार्षिक ६ सय ५० जना हाराहारीमा स्नातक तथा स्नातकोत्तर तहमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् ।

