श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिमको घोषणा

खेलकुद समाचार

काठमाडौं । बंगलादेशले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने टिमको घोषणा गरेको छ ।

हाल श्रीलंका टूरमा रहेको बंगलादेशले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । बंगलादेशको एकदिवसीय टिममा लिट्टन दासले कमब्याक गरेका छन् । २०१५ मा बंगलादेशका लागि एकदिवसीय डेभ्यु गरेका ३० बर्षिय दासले पछिल्लो पटक २०२४ को डिसेम्बरमा वेस्टइन्डिजविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।

बंगलादेशले जुलाई २, ५ र ८ मा श्रीलंका विरुद्ध एकदिवसीय सिरिज खेल्दैछ ।

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिम ः मेहदी हसन मिराज (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, मोहम्मद नइम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, लिट्टन दास, जाकेर अली, शमीम हुसेन, रिशाद हुसेन, तनवीर इस्लाम, मुस्ताफिजुर रहमान, तन्जिम हसन, तस्किन अहमद, हसन मोहम्मद र नाहिद, मोहम्मद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *