काठमाडौं । गाजामा इजरायली आक्रमणमा परी ७८ जनाको मृत्यु भएको छ ।
गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण गर्न सुरु गरेयता भएको यो पछिल्लो आक्रमण हो।
समाचार माध्यमका अनुसार गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र एकदमै नजिक छ। त्यहाँ ठुलो भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा बढ्ने गरेको छ। राहतका लागि एक व्यक्तिलाई २० मिनेटको समय दिइन्छ। त्यस २० मिनेटको समय भन्दा बढी समय लगाएमा बन्दुक पड्काउन सुरु गरिन्छ। यसै कारण धेरैको ज्यान जाने गरेको छ।

