११ महिनामा लक्ष्य अनुसारको संकलन नभएपनि ९२ करोड राजस्व सङ्कलन,वस्तु उत्पादनमा कमी आएपछि घट्यो आन्तरिक शुल्क

विविध समाचार

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा ९२ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिए अनुसारको सङ्कलन गर्न नसके पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशत बढी राजस्व सङ्कलन भएको नवलपरासी करदाता कार्यालयले जनाएको हो ।

संस्थागत आयकर सङ्कलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर सङ्कलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व सङ्कलन घटेको छ । वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *