राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रको बारेमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताएका छन् ।

सम्मेलनमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहभागी सह सचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भैरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने होसला मिलेको उल्लेख गरेका छन् । उनले जनसङ्ख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको भन्दै यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताएका छन् ।

उनले घटना दर्ता समावेशी र प्रभावकारी बनाउने कार्यमा नेपालले द्रुत लक्ष्य राखेर काम गरेको बताए । मन्त्री पौडेलले क्षेत्रीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *