परराष्ट्रमन्त्री डा.राणा एफएओको ४४औं सम्मेलनमा सहभागी हुन आज इटली जाँदै

राजनीति समाचार

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

शनिबारदेखि बिहीबारसम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन मन्त्री डा.राणा आज त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री डा.राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओमा नेपालका स्थायी प्रतिनितिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

सम्मेलनपछि, परराष्ट्रमन्त्री डा.राणाले इटालीको मिलान र जर्मनीको ह्याम्बर्ग र बर्लिनमा नेपालको लगानी बोर्डद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *