काठमाडौं । ऊर्जामन्त्रीको नाताले विद्युत प्राधिकरणको बोर्ड अध्यक्ष बनेका ठेकेदार दीपक खड्का आफ्नो स्वार्थ अनुसार जिपिए गर्न नपाउँदा प्रधानमन्त्री केपी ओलीसँग रोइकराई गरिरहेका छन् । कुलमानले काम गर्दागदै उनको जागिरे अवधि चार महिना बाँकी छँदा कुलमानलाई हटाएरै छाडे । देश लुट्न बीपीको नाम भजाइयो, गणेशमानको नाम बेच्यो, गिरिजा आफै बदनाम थिए ।
यसपटक बीपी पुत्रको खाई खर्च, भोलिको चुनाव खर्च जोहो गर्ने दायित्व तिनै ठेकेदारको काँधमा छ । प्रधानमन्त्री केपी ओलीको समृद्धि र विकास पनि नयाँ पिपीए गर्ने, सौर्य ऊर्जा र जगदुल्ला, अपर कर्णाली, तामाकोशी, अरुणजस्ता योजनासँग जोडिएको छ । बुढी गण्डकीको नाममा इन्धनमा कर लगाएर जनताको ढाड सेक्ने डा. बाबुराम भट्टर्राइ जस्ता बहादुरलाई बुढी गण्डकीबाट प्रचण्ड, देउवा, ओलीले ९ अर्ब खाए भनेर बाबुरामले आरोप लगाएर आफू शुद्ध भएकै छन् । अरुलाई दोष दिएर लाज पचाएकै छन् । यसपटक कुलमान दोषी, हितेन्द्र एसियाकै विज्ञ, दीपक खड्का स्वामी बनेर विद्युत प्राधिकरणको ५ अर्ब ५४ करोड सिन्चिती नोक्सानीमा भएको छ । १० अर्ब ऋण खोजेको प्राधिकरणलाई हिजो तिनै उपनिर्देशक निर्देशकले चलाए ।
आज तिनै त्यो पदमा छन् । कुलमान हुँदा ३४ अर्ब नाफामा पुगेको विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य कार्यकारी भएपछि एकाएक घाटामा कसरी पुग्यो शङ्का छ, तर सरकारले नाफामा चलेका सार्वजनिक संस्थालाई धरासायी बनाउने योजनामा छ । त्यो योजना ऊर्जामन्त्री मार्फत विद्युत प्राधिकरणका कार्यकारीले सार्वजनिक गराएका हुन् । उद्योगीको महसुल नउठाउने, सडक बत्तीको ४५ अर्ब सरकारले नतिर्ने, तर साधारण उपभोक्तामाथि शोषण गर्ने रणनीति एसियाकै कुशल इन्जिनियरले बनाएका छन् । तर मन्त्री खड्काले तिनै ठेकेदार मार्फ २०८४ सालको निर्वाचन खर्च विद्युत् प्राधिकरणबाट उठाई रहेका छन् ।