कमल थापाको आमसभामा ज्ञानेन्द्रले पत्याएन

राजनीति समाचार

काठमाडौं । राप्रपाका नेताहरुले मेचीकाली रथ यात्रा गर्ने, तर संविधान जारी गर्दा विमती जनाउन नसक्ने, चुनावमा एमालेको सूर्य चिन्ह लिएर राप्रपाले जित हासिल गरेन । पूर्व राजा ज्ञानेन्द्रको यस्तो प्रस्तुतिपछि महामण्डले कमल थापा रत्नपार्कमा भेला भएर भृकुटीमण्डपमा संयुक्त सभा गर्न बाध्य भए । तर सभाको खर्च भने ज्ञानेन्द्रबाट पाएनन् ।

राप्रपा नेपालसँग कुनै बेला नेकपा एमालेकी सांसद गंगा चौधरी जोडिइन । राजेन्द्र लिङदेन, केशर बिष्ट, कमल थापासँग मञ्चमा जोडिनु पूर्व राजा ज्ञानेन्द्र शाहको दबाव हो । शाहले संघीयता विरोधी नेकपा मसाल र नेमकिपालाई पनि जोड्न भनेका थिए । तर उनीहरू गणतन्त्रको विरुद्ध बोल्न सक्ने अवस्था थिएन । संघीयताले देश उभो लाग्दैन, खारेज गर्नुपर्छ भन्ने मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे एक सिटे पार्टीका नेता हुन् ।

ओली सरकारविरुद्व उनिहरु खन्निएका छन् । गणतन्त्र एमालेकरण गर्ने होड बाजी चलेको छ । कांग्रेसले पाएजति लिएर प्रधानमन्त्री ओलीलाई बिदाई गर्ने भएको छ । आरजु देउवाको मन्त्री पद प्रमुख भएको छ । प्रधानमन्त्री निकट कांग्रेसी मन्त्री मध्यकै राज्यमन्त्री कान्छाराम खेदिए । ऊर्जामन्त्री दीपक खड्काको संरक्षक डा।शशांक कोइराला भएकै कारण सरकारले भ्रष्ट असक्षम मन्त्री फेर्न सकेको छैन । पूर्व राजाले गणतन्त्रवादीहरूको लुटको चमत्कार हेरेका छन् । उनी पनि जनता भिडाएर सन्देश पठाउने शासक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *