भ्रष्ट प्रदीपलाई जोगाउने प्रयास

राजनीति समाचार

काठमाडौं । जसको खाइन्छ, त्यसको सेवा गर्नैपर्छ । नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट प्रदीप अधिकारीको गुण्डागर्दीले हवाई क्षेत्र बदनाम भएको छ । नेपालले फ्रान्सेली कम्पनीसँग लिएका जहाजले युरोपेली युनियनका मुलुकमा उडान गर्न पाउँदैनन् । त्यसका लागि सरकारमार्फत पहल गर्नुपर्ने नागरिक उडयन प्राधिकरणमा भ्रष्ट प्रदिप अधिकारी महानिर्देशक छन् । जो पहिलेदेखि नै विवादित थिए ।

अधिकारीले डा.आरजु राणा, माओवादीकी गंगा दाहाललाई पैसा बुझाएर जोगिएका छन् । कांग्रेसका बद्री पाण्डेले के कारवाही चलाए, आरजुबाट फोन गयो । यी पाण्डेले पार्टीको कित्ता फेरेर महामन्त्री गगनको फेरो समातेपछि प्रदिपले गरेको काला कर्तुतहरु लुकाईंएको छ । संसदको सार्वजनिक लेखा समितिले उपसमिति बनायो । तर रकम बढाएर १० अर्ब भ्रष्टाचार भएको कुरा एमालेका गोकुल बास्कोटा र तारामान लामाले पत्याएनन् । उनीहरू संसदीय छानबिन उपसमितिमा थिए । ४ अर्बको पोखरा विमानस्थल निर्माणमा २२ अर्ब पु¥याइयो । त्यो पनि चिनियाँ ऋण हो । जहाँ जहाजको पहुँच पुग्ने कुरा अन्योलमा छ ।

भ्रष्टाचार गर्न सघाउने चिनियाँ एयरपोर्ट कन्स्ट्रक्सन कम्पनी पनि हो । कम्युनिस्टले कसरी राज्य लुट्छन् भन्ने कुरा कम्युनिष्टहरुको नितिगत योजना हो । चिनिया ठेकेदार कम्पनीको इस्टिमेट डिजाइन प्रमाण हो । यस्तो लुट वायुसेवा निगमको वाइडबडी खरिदमा पनि भयो । तर प्रधानमन्त्रीले भुक्तानीमा लुट छैन भनेर झुक्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *