काठमाडौं । दश हजार २३९ रुख काटेर निर्माण गर्ने योजना बनाएर २ किलोमिटर ७४ मिटरको दुरीमा पाथिभरा केबलकार अहिले विवादमा प-यो । एमाले सांसद योगेश भट्टराईको जोड काम लागेन । सुरुमा केवलकारको नाममा ६४ रोपनी जमीन ८ लाखमा खरिद गर्नेले पाथिभरा केबलकार विकास समिति बनाएर त्यसको मूल्य ८ करोड बनाइयो । माफियाहरुले जनता ठग्न कस्तो जालो बुन्छन भन्ने कुरा पाथिभरा केबलकार विवाद हो । २०७५ मा पाथिभरा दर्शन प्रा.लि बन्यो ।
प्रा.लि.ले ४०९७ हेक्टर जमिन लियो । त्यो जमिन सार्वजनिक थियो । काफ्ले पार्टीबाट २ किमि ७४ मिटरको दूरीमा त्यो केवलकार स्थापना गर्न खोजिएको थियो । पाथिभरामा गाडी जाँदैन । त्यो क्षेत्रमा तीर्थालुहरले छुटाएका सामान हराउने वा कसैले लैजाने हुँदैन । देवीका कारण बाटो, होटल जहाँ सामान छाडिन्छ, त्यो हराउँदैन भनिन्छ ।
व्यवसायी दुर्गा प्रसाईले पाथिभरा दर्शन प्राली खडा हुनासाथ त्यहाँ हात नहाल्न चन्द्र ढकाललाई आग्रह गर्दा तपाईंले कुरै बुझ्नुभएको छैन भन्दै पैसाको तुजुक देखाएका थिए । ढकालले करोडौं लगाानी गरेपछि पछि पाएको धोकाले पुष्टि गरेको छ । धार्मिक क्षेत्रमा पनि भ्रष्टाचार गर्न खोज्ने केवलकार र ग्लोबल आइएमई बैंकबाट ठग्ने मालिक हुन् । ढकालको केबलकार र बैंकमा एकलौटी लगानी छ । ढकालले ग्लोबल आईएमई बैंकबाट लगानी गर्दै थिए । उद्योग वाणिज्य महासंघको अध्यक्षमा ढकालै छन् । कांग्रेस र एमालेका सहयोगी चन्द्र ढकाल चन्द्रगिरी केवलकार मौलाकाली केबलकारको सफलतापछि पाथिभरामा लगानी गर्न तत्पर भएका हुन् । उनको लगानीका केवलकारहरुको यात्रा मनकामना र अन्नपूर्णभन्दा बढी नै छ ।
सत्ताका भोकमरीमा कांग्रेस र नेकपा एमालेका नेताहरुलाई घुस खुवाएपछि जनता ठग्न पाइन्छ । सार्वजनिक सम्पत्ति कब्जा गर्न पाइन्छ भन्ने कुरा चन्द्र ढकाललाइ जानकार छ । एमाले मारवाडीहरुको पार्टी भएकाले मारवाडीहरुको लगानी भएका उद्योगहरुले कर छल्न सहज हुने गरेको कुरा बुझेका चन्द्र ढकालले पनि सरकारका प्रधानमन्त्री र ताप्लेजुङका सांसद योगेश भट्टराई मात्र सेवा गरे पुग्छ भन्ने ठान्दा पाँचथरबासीले नो केबलकारको आवाज उठाए । सरकारले दबाउन खोज्दा विस्फोट भएको हो ।