सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई प्राथमिकता दिनुपर्ने मन्त्री पौडेलको जोड

राजनीति समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पूर्व विद्यार्थी नेतासमेत रहेका मन्त्री पौडेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

विगतका राजनीतिक आन्दोलनमा विद्यार्थी संघ संगठनहरुले सँगसँगै अघि बढ्दा उपलब्धि हासिल गरेको बताउँदै उनले आपसी एकतामा जोड दिनुपर्ने बताएका छन् । वर्गीय मुद्दा प्राप्त गर्नका निम्ति, वर्गीय मुद्दा उपलब्धिका रुपमा हासिल गर्नका निम्ति, विद्यार्थी संगठनहरु बीचमा एकता कायम गरेर अगाडि जान सक्नुपर्ने उनले उल्लेख गरेका छन् । साथै बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *