विद्यालयको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकोलाई पनि अवसर, आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकोले अवसर पाउने सहमति भएको छ ।

अबदेखि विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकोले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) लिन पाउने सहमति भएको हो । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समेत समितिले पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *