शिक्षा समितिको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित,विधेयकमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत गर्ने सहमति

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक आज दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ।

विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको हो । विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो। तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो।

विधेयकमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत गर्ने सहमति जुटेको थियो। तर, महासंघले ७५/२५ गर्नुपर्ने अडान राख्दै आएको छ। सहमति जुटेका विषयमा महासंघसँग थप छलफल गरेर विधेयक पारित गर्ने तयारी गरिएको हो। महासंघले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय लगायतका केही विषयमा असहमति जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *