वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि चितवन निकुञ्जभित्र जिप सफारी बन्द

विविध समाचार

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ ।

निकुञ्जले एक सूचना जारी गर्दै वर्षाको समय जंगली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दखल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको जनाएको हो ।

असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । यतिबेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भएपनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *