भूमाफियाको भुँमरिमा मन्त्री अधिकारी

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्हालेका एमाले नेता बलराम अधिकारीले भूमिहीन किसानहरुलाई बसोबासको व्यवस्था मिलाउनुपर्नेमा उल्टै भूमाफिया र विचौलियाहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिँदै आएको स्रोतले उल्लेख गरेको छ । अधिकारी भूमिमन्त्री बनेको एक वर्ष पार गरिसक्दा पनि उनले न त सहकारी पीडितहरुलाई न्याय दिन सकेका छन् न त भूमिहीन सुकुम्वासीहरुलाई बसोबासको व्यवस्था नै मिलाउन सकेका छन् । उल्टै विचौलिया प्रमोद खड्काको डिजाइनमा सम्पत्ति आर्जन गर्न लागिपरेको स्रोतको दावी छ ।

भूमिमन्त्रालय विचौलिया खड्काको दादागिरी चल्न थालेपछि भूमि सचिव केदारनाथ शर्मा र भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मी गुमनाम जस्तै बनेका छन् । अर्कोतर्फ भूमि तथा अभिलेख विभागको जग्गा प्रशासन फाँटमा रहेका काजीबहादुर विष्टको चाँदीकटाइ सुरु भएको छ । विष्टले देशैभरका मालपोत प्रमुख र भूमाफियाहरुसँग मिलेमतो गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर करोडौं असुल्ने गरेको स्रोतले उल्लेख गरेको छ । उनै विष्ट मन्त्रालयको जग्गा प्रशासन फाँटमा बसेर देशैभरको सार्वजनिक जग्गामाथि आँखा लगाउँदै आएका थिए । विष्ट सहकारी विभागसँगै भूमिमन्त्रालयमा बसेर सर्वाजनिक जग्गामा आँखा गाडेसँगै भूमि तथा अभिखेल विभागको जग्गा प्रशासन फाँट सम्हाल्न पुगेका छन् । विष्टले जग्गा प्रशासन सम्हालेपछि देशैभरिका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर असुलिधन्दा चलाउँदै आएको स्रोत बताउँछ ।

अर्कोतर्फ उनी मन्त्रालयमा बस्दा झापाको गिरिबन्धु टिस्टेटको हदबन्दीमाथिको जग्गा विक्रीवितरणमा अहम भूमिका खेलेको बताइन्छ ।, किन कि विष्टको घर पनि झापा भएकै कारण गिरिबन्धु टिस्टेटको जग्गा हिनामिना प्रकरणमा उनको संलग्न रहेको उनीनिकट कर्मचारीहरु बताउँछन् । मन्त्रालयको जग्गा प्रशासन फाँटमा बसेर बटुलेको अनुभवले अहिले उनी भूमि तथा अभिलेख विभागमा बस्न सफल भएका छन् । विष्टले जग्गा प्रशान फाँटमा सेटिङ बनाएर देशैभरीको सरकारी जग्गा व्यक्तिनाममा दर्ता गरेर असुली धन्दा चलाएपछि महानिर्देशक रेग्मी र सचिव शर्मा विवादमा फस्ने डरले अन्यत्र सरुवा हुन लागिपरेका छन् । तर, भूमिमन्त्री अधिकारी भने यस्तै भ्रष्ट कर्मचारीहरुको चङ्गुलमा फसेर कमाउधन्दा चलाउन थालेको बताइन्छ ।

अर्कोतर्फ मन्त्री अधिकारी र खड्काको डिजाइनमा ललितपुर मालपोत प्रमुखमा जीवन सेढाईँलाई पठाइएका थिए । सेढार्इँकै कारण मन्त्री अधिकारी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । सेढाईँले ललितपुर मालपोतमा बसेर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन तीनै विचौलिया खड्कालाई प्रयोग गर्ने गरेका छन् । त्यस्तै विचौलिया खड्काले पनि अर्का नासु डम्बर कार्कीलाई भक्तपुर मालपोतको जिम्मेवारी दिलाएका छन् । नासु कार्कीले भक्तपुरवासीहरुलाई आतंकित बनाउँदै लगेका छन् । कार्कीले जग्गाको मुद्दा फाँटमा बसेर मोही र तलसिनबीचको मुद्दामा खेल्ने गरेका छन् । त्योसँगै सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने र छुट जग्गा दर्ता गर्ने नाममा पनि ठूलो असुलीधन्दा चलाएका छन् । तर, मन्त्री अधिकारीले यस्ता भ्रष्ट कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *