एएफसी महिला एसियन कपमा नेपाल र उज्बेकिस्तानको अंक र गोल दुबै बराबर,अब शनिबार निर्णायक खेल हुने

खेलकुद समाचार

काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो ।

उज्बेकिस्तानको यो जितपछि समुह एफ भने रोचक बनेको छ र नेपाललाई केहि फाइदा भएको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुबै खेलमा १७-१७ गोल गरेका छन र दुबैले कुनै गोल खाएका छैनन् । दुबैको गोल अन्तर १७-१७ नै रहेको छ ।

अब शनिबार हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ । दुबैका लागि यो खेलको जित आवश्यक भएको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौंट हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *