काठमाडौं । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान रसुवाको उत्तरगया–५ नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी–८ स्थित कालेखोला पुल नजिकै माथिबाट पहिरो आई मध्य पहाडी लोक मार्ग सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
साथै बझाङको जयपृथ्वी–७ माल्लाभिर स्थित जयपृथ्वी राजमार्ग मा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले राजमार्ग खुलाउने आवश्यक पहल भईरहेको जानकारी दिएको छ ।
