राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राजनीति समाचार

काठमाडौं। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *