काठमाडौं । मिजास कडा, व्यवहार लोभी र सोच दम्भको खानि भएर नै दुई ठाउँबाट चुनाव हार्दापनि तत्कालीन समयमा अध्यक्ष्य प्रचण्डले सभासद बनाउँदाको फल माधव नेपालबाट भोगेका थिए । ललिता निवास प्रकरणमा ऐन परिवर्तन गराए बापत विष्णु पौडेलले आठ आना घडेरी उपहार पाए । विजयकुमार गच्छेदार त्यहि काण्डमा दामिए, दिप बस्नेत यो देशको ठूलो भ्रष्टाचारी थिए । आज माधव नेपाल पतञ्जली आर्युवेदीक रिसोट काण्डमा मुछीएका छन् ।
तर, उनै माधव नेपाल नबिराउनु नडराउनु भन्दैछन् । तर, उनले त्यो काम सफल बनाउन तत्कालीन सचिव छविराज पन्त र तत्कालीन मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन मालपोतका महानिर्देशक केशव बहादुर बानियालाई पतञ्जली जग्गाको छिनोफानो गर्न लगाएका थिए । माधव नेपालको पछाडि भारतीय शक्ति केन्द्र लागेको कुरा छर्लङर्ग भएको थियो । माधव प्रधानमन्त्री भएकोबेला पतञ्जलीको काममात्रै भएन केबलकारको जमिनलाई सिम्ले होम्स प्रालिका नाममा जग्गा प्लटिङ्ग गर्न स्वीकृति गर्नको लागि भूमि सुधार ऐन २०२१ विपरीत थियो ।
पतञ्जलीले काभ्रे जिल्लामा आठ सय ५३ रोपनी जमिन खरिद गर्दा जग्गाको सिमा र रेखाङ्कन ख्याल गरिएन । हदबन्दी भन्दा बढी भूमाफियाले जग्गा कब्जा गर्दा उद्योगको नाममा हुन्छ तर, सो जमिन सस्तोमा किनेर ३ सय ५३ रोपनी जमिन प्लटिङ्ग गर्दा होम्स प्रालिलाई स्वीकृति दिँदा माधव नेपालका विचौलियाहरुले कति खाए त्यो मूल प्रश्न बनेको छ । गैरकानूनी ढङ्गले जग्गा प्लटिङ्ग गर्न स्वीकृति दिने मन्त्रीपरिषद्का कोही चोखा छैनन् । त्यसमा मुख्य सचिव पनि फसेका छन् ।
पतञ्जली काण्डमा आज राजनितिक खिचातानि हुँदैछ । मन्त्रीपरिषद्ले गरेका निर्णय हुन्छकी अख्तियार लाग्छ भन्दै गर्दा अख्तियारले पतञ्जली काण्ड खोल्यो । झापाका बामपन्थी नेता राधाकृष्ण मैनालीका अनुसार माधव नेपाल भारत भक्त हुन् । उनले २०४३ सालमै भारतबाट हतियार ल्याएर अखिल मार्फत् राजतन्त्रविरुद्वको आन्दोलन गर्नुपर्छ भन्दा झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारीले ठाडै अस्वीकार गरेको कुरा चर्चामा आएको थियो । प्रधानमन्त्री ओलीले पूर्वग्राही ढङ्गले माधवलाई फसाएको कुरा राधाकृष्णले स्वीर्कादैनन् । तर, गिरीबन्धुको जग्गा अल्मल्याएर ऐन ल्याएर सुधार्न खोज्दा भूमाफियाको स्वाथ्र्य जोडिएकै छ । माधव नेपाललाई प्रयोग गरेर ललिता निवासमा घडेरी जोड्ने विष्णु पौडेल न्यायाधीश कुमार पौडेलहरु शुद्व छैनन् । यस्ता माफियालाई सुनपानी छर्केर जोगाउने काम प्रधानमन्त्री ओलीले आफैले गरेको बताइन्छ । पतञ्जली जग्गा काण्डमा माधव नेपाललाई ३५ लाख धरौटीमा छाडिएको छ । यो प्रकरणले प्रचण्ड, देउवा र ओलीले गरेका नितिगत भ्रष्टाचारको फाइल खोल्ने बाटो भएको छ ।