काठमाडौं । पद र कुर्सी बाहेक टिक्न नसक्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहलको स्वभावले नेपालको बामपन्थी आन्दोलन प्रतिको जनमत घट्ने भएको छ । एमालेको आलोचना गर्दा प्रम केपी ओली सैली जोडिन्छ भने प्रचण्डको पिपल पाते रुपले गर्दा माओवादी ध्वस्त बन्दै गएको छ । अध्यक्ष प्रचण्डले कहीले वर्षमान पूनलाई प्रयोग गर्छन् र कहिले जनार्दन शमालाई परिचालन गरी देखाउँछन् ।
माओवादीले संसदमा भिजिट भिसा प्रकरणमा प्रश्न उठायो। सो प्रकरण १५ दिन नपुग्दै सम्झौंता ग¥र्यो । सरकारले पूर्व मुख्यसचिव एवं नेकपा एमालेकै लेवीधारी शंकरदास बैरागीलाई भिजिट भिसाको छानबिन समितिको संयोजक बनायो । रास्वपाले बैरागीको विगत र राजनीतिक सम्बन्ध बुझेर छानविन समितिमाथि प्रश्न उठायो । राप्रपाले समेत नपत्याएको सरकारको छानविन माओवादीले विश्वास गर्नु आफैंमा पार्टी भित्र छलफल नहुँदा असन्तुष्टि बढेको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेसका सभापतिका बीचमा गठबन्धन फेर्ने कुरामा छलफल भएपछि मात्र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग कांग्रेस सभापतिसँग भेटघाटको तारतम्य पूर्ण बहादुर खडकाले मिलाएका थिए । कांग्रेस र माओवादीबीचको सत्ता साँठगाँठले एमाले झस्केको छ । पार्टी फुटाउने अध्यादेश ल्याएर साना पार्टीको विभाजन गर्ने प्रधानमन्त्रीको दाउ थियो र छ । एकिकृत समाजवादी विभाजन नहुने भएपछि अध्यक्ष माधवलाई पतञ्जली काण्डमा फसाईंएको चर्चा छ । प्रचण्ड,कांग्रेस, रास्वपा एकिकृत र माओवादीको गठबन्धन हुने सम्भावना कांग्रेसभित्र चर्चा छ । त्यसले गर्दा गठबन्धनका शुत्रधार डा. शेखर कोइराला समेत सरकारको कामबाट असन्तुष्टी बन्न पुगेका छन् ।
बामपन्थी शक्तिको विभाजनले कांग्रेसले मौका पाउँदा नक्कली भुटानी शरणार्थी प्रकरण र भिजिट भिसा प्रकरण कांग्रेसकै योजनामा बन्ने गरेको छ । प्रचण्डलाई कांग्रेस भित्र खेल्ने यो ठूलो अवसर बन्दैछ । तर, प्रधानमन्त्री पद समयमा सुम्पने विषयबाट अहिले मौन छन् । राष्ट्र र जनताको अपेक्षाभन्दाम आफ्नै स्वार्थमा लागेका नेताहरुले टाउको उठाउने ठाउँ छैन । सरकारका गतिविधि अझैं उस्तै छन् । जनसरोकार भन्दा ठूलाकै स्वार्थमा देश रग्मगिएको छ । प्रधानमन्त्री पद कति पटक लिने र कतिपट लिने निश्चित छैन । ठूला दलका नेता प्रधानमन्त्रीको लागि मरिमेट्ने गरेका छन् । त्यसले गर्दा देशमा भ्रष्टाचार, बेथिती, अराजकता र अन्यौलको गणतन्त्र बेकार भएको छ ।