आरजुको भ्रमणसँगै कर्मचारीको मस्ती, राज्यलाई अर्बोंको क्षति

राजनीति समाचार

काठमाडौं । देश आर्थिक रुपमा तन्नम हुँदै छ तर मन्त्री र सचिवहरुलाई विदेश घुम्न भ्याइ नभ्याइ छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा निस्कनु अगाडि गत शुक्रवार बसेको क्याविनेट बैठकले समेत मन्त्री र सचिवहरुको विदेश भ्रमणलाई स्वीकृत गरेको छ । शुक्रबारको बैठकले खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुका सचिवहरु विदेश भ्रमणमा जाने भएका छन् । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्रीको भियतनाम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फ्रान्स भ्रमण पनि स्वीकृत भएको छ ।

मन्त्रीपरिषद्को बैठकले निर्णयहरु केलाउँदा अधिकांश विदेश भ्रमण स्वीकृतिसम्बन्धीमात्र देखिन्छन् । यस्को अर्थ के कर्मचारीहरुले नीतिगत निर्णयमा कलम चोप्न छाडेका हुन ? यो प्रश्न जोड तोडका साथ उठ्न थालेको छ । जस्तो ३१ असार, २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो मन्त्रिपरिषद् बैठक बस्यो । त्यस यता गत बर्ष ६३ वटा बैठक बसेर १२ सय ७७ वटा निर्णयहरू भएको देखिन्छ । तीमध्ये अधिकांश मन्त्री,सचिव तथा कर्मचारी भ्रमणसँग सम्बन्धित छन् । विभिन्न मितिमा भएका निर्णयहरु गन्ती गर्ने हो भने यो बीचमा २५० वटा निर्णय भएका छन्, यो वर्ष ।

यसरी विदेश धेरै घुम्ने मन्त्रीको रुपमा आरजु राणाले कीर्तिमानी कायम राख्न सफल भएकी छिन्,ओली क्याविनेटमा । काँग्रेस एमालेको सरकार बनेको दश महिनामा आरजु राणाले १९ पटक विदेश भ्रमणमा निस्किएका छिन् । यसको अर्थ ३२० दिनमध्ये झण्डै ११० दिन उनी विदेशमै घुमेर बिताएकी छिन् । २०८१ साउन ३१ गतेदेखि २०८२ जेठ १२ गतेसम्मको अवधिमा परराष्ट्रमन्त्री राणाले भारत, क्यानडा, अमेरिका, कतार, चीन, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, थाइल्यान्ड, ओमान, स्वीट्जरल्याण्ड र जापानको भ्रमण गरेकी छन् । पछिल्लो समय मन्त्रीहरुको अनपेक्षित विदेश भ्रमणलाई शंकाको रुपमा हेरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *