तामाकोशीले उठाएको भण्डारीको समाचार पुष्टि

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन भएपछि अधिकांश नेता, कार्यकर्तादेखि आमसर्वसाधारणमा उत्साह जागेको देखिन्छ । उता, वर्तमान पार्टी नेतृत्व भने एकाएक भण्डारीको आगमनले तिलमिलाएको छ । तर, भण्डारी एमाले पुनरागमनले अन्य वामपन्थी पार्टीका नेता र कार्यकर्ताहरुले पनि स्वागतयोग्य ठानेका छन् । एमालेभित्र भण्डारीको आगमनले पार्टीभित्र अध्यक्षको एकलौटी ढलीमली अन्त्य हुने आमनेता कार्यकर्ताको आँकलन छ । भण्डारी एमाले फर्किने विषयमा तामाकोशी सन्देश साप्ताहिकका प्रवन्ध सम्पादक रामचन्द्र बस्नेतले वर्ष १३ अंक ४२ असार ५ गते २०८१ को अंकमा “एमाले पार्टीभित्र भण्डारीको आवश्यकता खड्किएकै हो त ?” भन्ने शीर्षकमा लेख तयार गरेका थिए ।

आज आएर बस्नेतको तामाकोशी सन्देशमा प्रकाशित उक्त खेल सत्यमा उभिएको छ । त्यसैगरी २०८२ वर्ष १४, अंक ४१ असार ४ गते प्रकाशित तामाकोशी सन्देशमा ‘भण्डारीको राजनीतिक सक्रियताले ’एमालेभित्र हलचल, अध्यक्ष ओली र महासचिव पोखरेलको टाउको दुखाई’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरिएको थियो । सो समाचारमा भण्डारीलाई उत्तरी छिमेकी मुलुक चीनले नेपालकै कम्युनिस्ट नेताको रुपमा स्वीकार्ने उल्लेख थियो । नभन्दै आज आएर त्यो समाचार सत्यमा सावित भएको छ ।

तामाकोशी सन्देशले भण्डारीप्रति गरेको आशालाई कसरी अगाडि बढाउनुहुन्छ त्यो प्रतिक्षाको विषय बनेको छ । एमालेभित्र नेतृत्वले एकलौटी गरेको जति आरोप लागिरहेको छ त्यसलाई भण्डारीको आगामनले कत्तिको निस्तेज गर्ने हो भन्ने आम कार्यकर्ताको जिज्ञासा पनि छ । कतिपय नेताहरुले ‘दुई–दुई’ पटक राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा आउनु गलत भएको भन्दै आलोचना गरिराखेका छन् । तर, कतिपयले पूर्वराष्ट्रपति भण्डारीले राज्यले दिएको सेवासुविधा त्यागेर सक्रिय राजनीतिमा आउनु स्वाभाविक भएको अथ्र्याउन थालेका छन् । भण्डारीले पार्टीभित्र स्वार्थीहरुको भीडलाई कसरी निस्तेज पारेर अगाडि बढ्ने हुने त्यो हेर्न बाँकी छ । अधिकांश वापन्थी पार्टीहरुले भण्डारीको एमाले आगमनले नेपालका वामपन्थीहरुलाई एक ठाउँमा उभ्याउने तागत भएको नेताको रुपमा हेर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *