काठमाडौं। नेकपा माओवादी केन्द्रले शिक्षा समितिको बैठक रोकेर समय माग्नु अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएको छ ।
माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले आइतबारको समिति बैठकमा बोल्दै यस्तो गम्भीर आरोप लगाएकी हुन् । उनले विद्यालय शिक्षा विधेयकमा पाँच दिन बसेर ६०/४० मिलिसकेको अवस्थामा फेरि समय माग्ने राम्रो संकेत नभएको बताउँदै जति बैठक बसिरहेको छ कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न नसकिएकोले यो बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेको उल्लेख गरेकी छिन् ।
विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने गरी यही समितिमा छलफल गर्नुपर्ने उनले माग गरेकी छिन् ।