अरनिको राजमार्गमा पहिरो खसेको कारण सडक पूर्ण रुपमा अवरुद्व, हाल एकतर्फी सडक सुचारु गर्ने

विविध समाचार

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीको कोदारीस्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बिहीबार बिहान सिन्धुपाल्चोक भोटेकोशी–२ कोदारी स्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण सडक पुरिएको र भासिएकाले तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

त्यस्तै भोटेकोशी–२ दस किलोस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो आई पूर्णरुपमा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *