कोशी प्रदेशमा २७ अर्ब २५ करोडको बजेट खर्च, विनियोजित रकमको ७७ प्रतिशत

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियोजनमध्ये २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वषर्मा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएकोले कुल विनियोजित रकमको ७७.२६ प्रतिशत भएको जनाएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । स्थानीय तहका लागि विनियोजित ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख खर्च भएको छ ।

प्रदेशको पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७९.२६ प्रतिशत हो । चालुतर्फ ७५.२९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *