आज विश्व जनसंख्या दिवसमा ‘युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने’ नाराका साथ मनाइँदै

विविध समाचार

काठमाडौं। आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी एक साथ मनाउन लागेको हो । यो वर्ष जनसंख्या दिवसको नारा भने,‘युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने’ हो ।

यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिनुको साथै उनले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरूका अधिकारको समर्थन आवश्यक भएको बताएका छन् ।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसंख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ ।

जनसंख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र सन् २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *