सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति

मनोरञ्जन समाचार

काठमाडौं । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ।

भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय रहेको छ। संगीत, शब्द, अभिनय तथा निर्देशनको समन्वयमा तयार पारिएको यस भजनले धार्मिक आस्थासँगै पर्यटकीय प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ। भजनका शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलको रहेको छ भने संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन्।

भजनमा मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर सुन्न सकिन्छ। यस भजनलाई निर्देशन चर्चित भिडियो निर्देशक सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ।

भिडियोमा चर्चित कलाकार सुरबिर पण्डित (दारी बा), शर्मिला शर्मा, र अनिसा खड्काको दमदार अभिनय प्रस्तुत गरिएको छ। साथमा छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल ,रामप्रसाद खनाल, शान्ता खनाल लगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ।

भजनको छायांकन विशाल परियार, शृङ्गार जीवन पासा भिडियोको सम्पादन बिनोद बम, एरेन्ज विश्वास नेपाल, रेकर्डिङ सागर बाजुराली तथा मिक्सिङ खडक बाजुरालिले गरेका छन्। अडियो निर्माण कार्य मालाश्री स्टुडियोमा सम्पन्न गरिएको हो।

सुपा देउराली मन्दिर हिन्दु धर्मालम्बीहरूका लागि अत्यन्तै पवित्र स्थल हो। यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। देश तथा विदेशमा चर्चित यस मन्दिरको पहिलो आधिकारिक भजनका रूपमा यो एल्बम सार्वजनिक भएको जनाइएको छ।

निर्माताहरूका अनुसार, भजनले धार्मिक चेतना फैलाउने मात्र नभई सांस्कृतिक जागरण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ। गीतको लय, शब्द, स्वर र दृश्य संयोजनले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *