काठमाडौं । रसुवामा आएको बाढीमा बेपत्ता भएका १९ जनाको खोजीकार्य गर्दा ११ जनाको शव फेला परेको छ ।
आईतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबारसम्म ११ जनाको शव फेला परेकोमध्ये कुनै मानव अंग मात्रै पनि फेला परेको जानकारी दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरेको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको बताएको छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको जानकारी दिएको छ ।
यसैगरी २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताए ।

