छोरीका मातापिता बने सिद्धार्थ र कियारा,फिल्म शेरशाहमा सँगै काम गरेका दुबैले सुटिङ सेटमा एकअर्कासँग डेट

मनोरञ्जन समाचार

काठमाडौं । बलिवुड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन् ।

कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले बुधबार यसको आधिकारिक घोषणा गरेका छन् । एक पोस्टमा, दुबैले लेखेका छन्,‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ । हामीलाई छोरीको आशीर्वाद मिलेको छ।’

सिद्धार्थ र कियाराले फिल्म शेरशाहमा सँगै काम गरेका थिए । दुबैले सुटिङ सेटमा एकअर्कालाई डेट गर्न थाले । सिद्धार्थ र कियाराले ७ फेब्रुअरी २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । विवाहको एक वर्षपछि, फेब्रुअरी २०२४ मा, जोडीले सुन्दर तरिकाले खुसीको खबर साझा गरेका थिए । कियाराले फरहान अख्तर निर्देशित फिल्म डन ३ मा रणवीर सिंहसँग काम गर्ने तय भएको भएपनि गर्भवती भएपछि सो फिल्म छोडेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *