कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध, तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयको आग्रह

विविध समाचार

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

कागबेनीस्थित कागखोलाबाट गएरातिको वर्षासँगै कोरला राजमार्गको सडकमाथिबाट करिब दुई सय मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा चट्टानसहितको पहिरो खसेपछि सडक आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको हो ।

मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको प्रहरीले जनाएको छ । मुस्ताङमा गएरातिको वर्षासँगै कालीगण्डकी नदीको बहाव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *