पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको एमालेका महासचिव पोखरेल दाबी

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी सुनिश्चित भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले पार्टीको विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्दै मिसन ‘८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’ भनि सामाजिक सञ्जालमा जानकारी दिएका हुन् ।

बिहीबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *