काठमाडौं । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ७६ लाख ४३ हजार २४३ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।गत आवमा एक करोड तीन लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयले जनाएको छ ।
भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको हो । आव २०८०/८१ मा कार्यालयको ५० लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ८६ लाख ८४ हजार ९० सङ्कलन भएको थियो ।

