इन्भेष्टमेन्ट र लक्ष्मी सनराईज बैंकको कालाकर्तुत छताछुङ्ग

राजनीति समाचार

राज्यका निकाय गुमनाम
काठमाडौं । बसन्त चौधरी,चन्द्र ढकाल,मिन बहादुर गुरुङ्गदेखि टेकबहादुर गुरुङ्गजस्ता कहलिएका व्यवसायीहरु समेत सरकारी जग्गालाई व्यक्तिगत बनाउन न्वारानदेखिको बल निकालेर लागि परिरहेका छन् । यस्तै बैंकर र व्यवसायीझैं अर्काे एक बैंकर समेत विवादमा मुछिन पुगेका छन् । उनको बैंकबाट सरकारी जग्गा धितो राखेर धमाधम कर्जा प्रवाह भइरहेको घटना सार्वजनिक हुँदा समेत नेपाल राष्ट्र बैंक मुकदर्शक बन्नु रहष्यमय छ । उही र यस्तै प्रकरणमा परेर हालैमात्र सनराइज बैंकका तल्ला तहदेखि प्रमुख कार्यकारी अधिकृतलाई समेत अख्तियारले मुद्धा चलाएको छ । माधव नेपालसमेत जोडिएको पतञ्जलीको जग्गा प्रकरणमा सनराइज बैंकका तल्लादेखि उच्च तहका कर्मचारीविरुद्ध मुद्धा चलाइँदा उसै गरी सरकारी जग्गा धितो राखेर निजी क्षेत्रको अब्बल बैंक बताउने एउटा बैंकले तीन तीन ठाउँमा कर्जा प्रवाह गरेको भेटिदा समेत नियामक निकाय मौन छ ।

यो त्यही बैंक हो,जो ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएको थियो । यस अघि छोरीको इच्छापूर्तिका लागि इटालियन कम्पनीको बैंक काउण्टर ग्यारेण्टीमा बस्दा १ अर्ब बढी डुबेको थियो नेपाल इन्भेष्टमेन्ट बैंकको । यस्तै ललिता निवास जग्गा प्रकरणमा समेत डेढ अर्व डुबेको बैंक पनि उही हो । सरकारी जमीन धितो राखेर बैंकहरुले भूमाफियाको यो ठूलो गिरोहलाई करोडौं रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको भेटिएको छ । ललिता निवास जग्गा प्रकरणमा १३ वटा संस्थाबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

जसमा नेपाल इन्भेष्टमेन्ट बैंकको डेढ अर्व फसेको प्रतिवेदनहरु केलाउँदा भेटिन्छ । भूमाफियाहरुले सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएको भेटिन्छ । कुनै पनि कर्जा प्रबाह गर्दा धितो राखिएकोमा त्यस्तो धितो गैरकानूनी, अवैध वा किर्ते ठहर भएमा ऋणी र साक्षी जमानत बस्ने समेतको अन्य जायजेथाबाट समेत असुल्न सकिन्छ भन्ने कानूनी व्यवस्था छ । यसको अर्थ ललिता निवासको जग्गामा धितो राखी ऋण प्रवाह गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुले तत्काल कर्जा नोक्सानी बापत प्रोभिजनिङ गर्नुपर्ने स्थितिमा पुगेको थियो बैंक । बालुवाटार जग्गाकाण्डमा खर्बपति व्यापारी सुद्वराज घिमिरेले आफ्नी सासु र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेल मार्फत जग्गा बेच विखनको धन्दा चलाए । उनको नाममा अख्तियारले मुद्दा नचलाएपनि उनकी सासु आमा र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेलको नाममा भने अख्तियारले मुद्दा दायर गरेको छ ।

घिमिरेले आफ्नी सासु मार्फत राजधानीको मुटु मानिने बालुवाटार स्थित बहुचर्चित ललिता निवासको १३ रोपनी सरकारी जग्गा हत्याएका थिए । त्यति मात्रै होइन उनले सासुलाई प्रयोग गरेर सरकारी जग्गा बैंकमा धितो राखेर करोडौं ऋण लिएको खुलेको छ । उनकी सासुले सोही जग्गा धितोमा राखी इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ निकालेको अर्काे विवरण खोतल्दा भेटिन्छ । रोचक चाहिँ घिमिरे नै इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडेको पार्टनर भएकै आधारमा ऋण दिएको भेटिन्छ । राणा खलक ससुरालीको सम्पत्ति हत्याएर ‘पायोनियर’बैंकरको छवि बनाएका पृथ्वीबहादुर पाँडे काजी कालु पाँडेका सन्तति तथा राणाकालीन सत्ताका प्रभावशाली प्रशासक सरोदर भीमबहादुर पाँडेका छोरा हुन् ।

उनी सत्ता पहुँचको दुरुपयोग गर्दै बागमती सभ्यता मास्न उद्दत देखिएका छन् । उनै पाँडे पछिल्लो समय छायाँदेवी कप्पलेक्समा रहेको ऐतिहासिक गुठीको जग्गा हडपेर बनाइएको छायाँदेवी कम्प्लेक्सको अध्यक्ष समेत हुन । पर्यटकीय केन्द्र ठमेलको मुटु क्षेत्रको १५ रोपनी क्षेत्रफल ओगटेको र ५ अर्ब लगानी गरेको भनिएको छायाँदेवी कम्प्लेक्सभित्र २ सय ५० वटा पसल, दुई सयवटा सुविधासम्पन्न कोठा भएको पाँचतारे होटल, एक हजार क्षमतायुक्त बैंकट हल, पाँचसय क्षमताको कन्र्फेन्स हल र ७ वटा रेष्टुरेन्ट सहितको ४ सय ५० वटा गाडी अटाउने क्षमताको कारपार्क गर्न मिल्नेगरी योजनावद्ध बनाइएको भेटिन्छ ।

यतिमात्र होइन नेपाल इन्भेष्टमेन्ट बैंकले भारतीय नागरिकहरुद्धारा सञ्चालित एउटा मेडिकल कलेजलाई दिएको डेढ अर्व ऋृण समेत उसैगरी फसेको छ । चितवनमा भरतपुर मेडिकल कलेजको जग्गा लिजमा लिएर सञ्चालनमा रहेको थियो अर्काे मेडिकल कलेज । सोही मेडिकल कलेजले लिजमा रहेको सरकारी जग्गा नै धितो राखेर नेपाल इन्भेष्टमेन्ट बैंकबाट झण्डै डेढ अर्ब रकम फुत्काएको प्रमाण भेटिएको छ । उही र उस्तै प्रकरणमा अख्तियारले सनराइज बैंकका तल्ला तहदेखि सिइओसम्मलाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा ललिता निवासको सरकारी जग्गा,छायाँ सेन्टरदेखि चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सलाई सरकारी जग्गा धितो राखेर डेढ अर्व ऋृण प्रदान गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकका उच्च पदस्थहरुलाई छुन वा चलाउन सकेको छैन,सम्बन्धीत निकायहरुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *