सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल सिफारिस

विविध समाचार

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् ।

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको हो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका छन् । ढकाल २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए । त्यस्तै सेवा निवृत्त ढकाललाई आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको थियो ।

त्यस्तै न्याय सेवा आयोगले सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *