काठमाडौं । मिलेसम्म चाटाचाट,नमिलेपछि काटाकाट । राजनीतिमा मात्र होइन प्रशासन संयन्त्रमा समेत देखिएको एउटा विकृती हो यो । घुस रकम बाँडफाँड नमिल्दा अख्तियारमा उजुरी पर्ने नै भयो । काम गराइमा तालमेल नमिल्दा र आफूले भनेको नमान्दा अख्तियार लाग्ने नै भयो । त्यसको मारमा परेका छन् भक्तपुर मालपोतका कुमार आचार्य । उनलाई भक्तपुर मालपोत फापेन । कुमारलाई फसाउन दुई सुव्वाको भूमिका प्रमुख रहेको बताइएको छ ।
गत असार ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालय प्रमुख आचार्यलाई नियन्त्रण लिनुमा दुई सुव्वाको भूमिका रहेको कर्मचारीहरु छन् । त्यहाँ कार्यरत डम्बर कार्की र गगन थापाको मान्छे भन्दै मालपोतमै रजाइँ गर्दै कुमार आचार्यलाई २५ लाख घुससहित रंगेहात पक्राउ पर्नुमा यी दुई सुव्वाको भूमिका प्रमुख रहेको कर्मचारी स्रोतले बताउँछन् । दिपक कोइराला २०७८ सालदेखि नै भक्तपुर मालपोत कार्यालयमा रहेका छन् । उनको त्यहाँबाट सरुवा भएको थियो दुई बर्ष पछि ८० मंसिरमा । सरुवा भएको ठाउँमा गएनन् ।
शक्तिकेन्द्र मिलाएर ०८० मंसिर १९ गते उनी काजमा भक्तपुर मालपोतमा गएका थिए । निजामती ऐनले तीन महिनाभन्दा लामो समय काजमा काम गर्न दिँदैन तर उनको काज सरुवा रद्ध गरिदिएका थिए कार्यालय प्रमुख कुमार आचार्यले । काज रद्ध गरेपछि हाकिमसँग उनको चर्काचर्कीमात्र परेन,देखाइदिने धम्की समेत दिएका थिए । नभन्दै डम्बर कार्की र यदुहरुको मिलेमतोमा एक सेवाग्राहीसँग मिलेर कार्यालय प्रमुखलाई कार्यालयबाटै २५ लाख घुससहित रंगेहात पक्राउ गर्न सफल भएका हुन,दुई सुव्वा ।
विचौलिया प्रमोद खड्काका प्यारा अर्काे सुव्वा छन्,त्यही कार्यालयमा । सोही कार्यालयबाट पटक पटक सरुवा भए पनि उनी शक्तिकेन्द्रदेखि विचौलियाहरुको प्रभावले सोही कार्यालयमा फर्कन सफल हुँदै आएका छन् । २०८१ चैत्र अन्तिममा उनको सरुवा जिल्ला समन्वय समिति रामेछापमा भएको भए पनि उनी सरुवा उल्टाएर त्यही कार्यालयमा टिकिरहेका छन् ।
उनकै अग्रसरतामा २७ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा पु¥याउने काम भएको समेत भेटिएको छ । तिनै भूमाफियाहरुले प्रयोग गरेर उनीहरु सोही कार्यालयमा टिक्न सफल भएका छन् । यी दुई सुव्वाको सरुवा गर्न खोज्दा कार्यालयबाटै २५ लाख घुससहित समाइएका हुन्,कार्यालय प्रमुख आचार्य । यस्तै घुस रकम बाँडफाँड नमिल्दा मात्र हो कर्मचारीलाई अख्तियार लाग्ने । अन्थया अधिकांश कार्यालयमा टिम नै बनाएर घुस उठाइने र बाँडफाँड गर्ने धन्दा जारी रहेको छ ।

