टी-२० खेलमा वेस्ट इन्डिजको लगातार ६ हारपछि जित हासिल

खेलकुद समाचार

काठमाडौं । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ ।

आईतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो । वेस्ट इन्डिजले यस अघि अस्ट्रेलिया विरुद्धको ५ खेलको सिरिजका सबै खेल हारेको थियो भने यस सिरिजको पहिलो खेल पनि हारेको थियो । टी–२० क्रिकेटमा लगातारको ६ हारपछि वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो ।

वेस्ट इन्डिजको यो जितपछि तीन खेलको सिरिज १/१ भएको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *