विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे आन्दोलनको चेतावनी

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

नेपाल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन (नेपाब्सन) र प्याब्सन केन्द्रीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन संशोधन गर्दा निजी विद्यालयहरूको अस्तित्व नै सङ्कटमा पार्ने गरी प्रावधान राखिएको भन्दै आपत्ति जनाएका हुन्।

पाब्सनका अध्यक्ष टीकाराम पुरी र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा विधेयको व्यवस्था संशोधन नगरे विद्यालय बन्द गरेर सडकमा उत्रिने भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *