काठमाडौं । देशमा दिनरात तस्तकर माफियाहरुको हावी हुँदै गएको छ । जुनसुकै क्षेत्रमा विचौलिया र माफियाले गर्दा सर्वसाधारणको काम अलपत्र परिराखेका छन् । प्रशासन क्षेत्रमा राम्रो काम गर्ने कर्मचारी, देशको भलाइ चाहने नेता र राष्ट्र, राष्ट्रियताको पक्षमा कलम चलाउने पत्रकारहरु सधैं अन्यायमा पर्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण लिन सकिन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाललाई ।
उपभोक्ताको हितमा काम गर्ने र तस्कर, माफिया र कालाबजारी गरी राजश्व छली गर्नेलाई कारबाही गर्दा जागिरबाट अवकास प्राप्त हुन लागेका सह–सचिव दाहाललाई पुरस्कृत गर्नुपर्नेमा उल्टै सरुवा गरेर समावेशी आयोगतिर पठाइएको छ । अवैधतरिकाले नेपालबाहिर खोलिएका कन्सलटेन्सीहरुले नेपालमा होडिङ बोर्ड राखेर नेपाली विद्यार्थी ठग्ने र राजश्व छली गर्नेलाई कारबाही गरी राजश्व तिराउन खोजेपछि शैक्षिक माफिया र व्यापारीहरुले सरकारलाई दबाब दिएर महानिर्देशक दाहाललाई सरुवा गरिएको थियो ।
त्योसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सञ्चालन गरेको युलेन्स स्कूल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सञ्चालन गरेको नाइटिंगेल स्कूलले महंगो शुल्क असुलेको र राजश्व छली गरेको आशंकमा नियमन गर्न खोज्दा महानिर्देशक दाहाल सरुवामा परेका हुन् । चौधरी ग्रुपदेखि विभिन्न उद्योगी, व्यापारी र उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गरेको कालाकर्तुतहरुको छानविन गर्ने तयारी गरिरहेका दाहालले विचौलियाले थाहा पाएपछि दाहाल उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देश भएको ५ महिना पुरा नहुँदै उनलाईं अन्यत्र सरुवा गरिएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक राजन पौडेललाई पनि वर्षदिन टिक्न नदिएर सामान्य प्रशासनमन्त्राको अतिरिक्त शाखामा थन्क्याइएको थियो । त्यसपछि दाहाललाई सार्वजनिक खरिदबाट त्यहाँ ल्याइएको थियो । दाहाल उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक भएपछि नेपालमा विक्रीवितरण हुने खाद्यान्न वस्तुमाथि एमआरपी लागु गर्न खोजेका थिए ।
एमआरपी प्रणाली अनिवार्य लागू गर्न खोजेपछि बजारमा हुने अनियमितता नियन्त्रण गर्ने, कर छली गर्ने र चोरी पैठारी गर्नेलाई कानूनी दायरामा ल्याउने योजना बनाएपछि दाहाललाई विभागबाट अन्यत्र सरुवा गर्न ब्यापारीहरुले सरकारलाई दबाब दिएका थिए । महानिर्देशक दाहालले देश र सर्वसाधारण उपभोक्ताको हितमा काम गर्न खोज्दा आपंंmै कारबाहीको भागिदार हुन पुगेका छन् । त्यसैले नेपाललाई ‘सतिले सरापेको देश’ भनिएको रहेछ ।
