काठमाडौं । सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा एनटिसीको इन्टरनेट प्रयोग गरिएको छ । तर, बाहिर रहेका सरकारी कार्यालयहरुमा भने अन्य निजी क्षेत्रबाट सञ्चालित इन्टर कम्पनीका नेट जडान गरिएको पाइन्छ । उता, सिंहदरबाभित्र रहेका सरकारी कार्यालयहरुमा एनटिसीको नेट मात्र प्रयोग गरिएको छ । एनटिसीको फाइबर नेटको सफ्वेयर गुणस्तरहीन हुँदा सरकारी कामकाजमा ढिलासुस्ती हुने गरेको पाइन्छ ।
नेट कमजोर भएको कारण अधिकांश मन्त्रालयमा कहिले सरोबर ह्याङ हुने, त कहिले सफ्टवेयर नै ह्याकरले ह्याक गर्ने त कहिले नेट नै नचल्ने कारणले सताउने गरेको छ । एकातिर इन्टरनेटको कारण काममा ढिलासुस्त हुने समस्या छ भने अर्कोतिर नेटको समस्या देखाएर कर्मचारीहरु कार्यालयमा नबस्ने भएकाले सेवाग्राहीहरु मारमा परिराखेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारभित्र रहे तापनि नेपाल टेलिकमको सेवालाई छिटोछरितो गर्न तागेता गरेको पाइँदैन । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई गुणस्तरयुक्त र भरपर्दो संस्थाको रुपमा विकसित गर्न पनि सकेको छैन । प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकमलाई गुणस्तरीय सेवा दिने संस्थाको रुपमा ल्याउन सकेका छैनन् । सरकारी स्वामित्वमा रहेको टेलिकम धरासायी बनिरहँदा अध्यक्ष भण्डारीले कमिसनको चक्करमा लागेर निजी रुपमा सञ्चालित इन्टरनेट कम्पनीहरुलाई पोस्ने काम गरिराखेका छन् ।
भण्डारीलाई तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेकी थिइन् । भण्डारी अगाडि पुरुषोत्तम खनाल प्राधिकरणको अध्यक्ष थिए । खनालको जागिरे अवधि एक वर्ष बाँकी हुँदै उनलाई हटाएर तत्कालीन मन्त्री शर्माले भण्डारीलाई अध्यक्ष बनाएकी थिइन् । तत्कालीन मन्त्री शर्माले भण्डारीलाई एनसेल कम्पनीबाट ल्याएर टेलिकमको अध्यक्षमा नियुक्ति गरेकी थिइन् । आज दूरसञ्चार प्राधिकरणमा उनै भण्डारीले कमाउधन्दा सञ्चालन गरिराखेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङ हुँदा पनि माओवादीको आशिर्वादबाट अध्यक्ष बनेका भण्डारीको प्राधिकरणभित्र रजगज चलिरहेको छ ।
मन्त्री गुरुङ पनि उनै भूपेन्द्रको डिजाइन अनुसार चल्ने गरेको स्रोतले उल्लेख गरेको छ । किन कि नेपाल टेलिकमकी तत्कालीन प्रवन्ध निर्देशक संगीता पहाडी पनि माओवादी निकट कर्मचारी हुन् । पहाडीलाई पनि बिलिङ मेसिन खरिद र मर्मतमा करोडौं भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पहाडीलाई विशेष अदालतले २ लाख धरौटीमा छाडेर तिनै भ्रष्ट पहाडीलाई सफाइ दिई फेरि टेलिकमकै प्रवन्ध निर्देशक बनाउने खेलफड्को हुँदै छ । त्यसता विवादित व्यक्तिलाई प्रवन्ध निर्देशक बनाउने खेलोफड्को हुँदा पनि सञ्चारमन्त्री गुरुङ बेखर भएको बताइन्छ ।

