निजामती विधेयकमाथिको दफवार छलफल प्रभावित

विविध समाचार


काठमाडौं।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ ।

पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि छलफलमा केन्द्रित भएको छ । निजामती सेवा विधेयकमाथिको छलफल रोकेर विधायन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा केन्द्रित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएपछि राष्ट्रिय सभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानको धारा १११ मा भनिएको छ, ‘प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको अर्थ विधेयकबाहेक अन्य विधेयक राष्ट्रियसभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनु पर्नेछ ।’

यो विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएकोले। यसको जानकारी आएको समय हिसाब गर्दा १७ गते भित्र विधेयक पारित गरिसक्नुपर्ने दबाव रहेको छ । तर,दफावार छलफल सुरु भएर पनि रोकिन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *