एमालेभित्र शाक्य संकटमा !

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मासँग कुरा नमिल्ने तर पार्टी विभाजनका बेला माधवलाई धोका दिएर एमाले मै फर्कने अष्टलक्ष्मी शाक्य संकटमा छिन् ।

पहिला ओली निकट भण्डारी दुई पटक राष्ट्रपति बनिन् । भण्डारी आगामी चनाव लडेर पार्टी अध्यक्ष बन्ने दाउमा छिन् । एघारौं महाधिवेशनमा अध्यक्ष ओलीलाई बिदा गर्ने लाइनमा अधिकांश नेताहरु लागिपरेको एक नेताले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् । किनकी विद्याले शाक्यलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा टिक्न दिइनन् । महिला संघको नेतृत्व दिन खोज्दा पनि सहयोग गरेकी थिइनन् ।

शाक्य विरुद्व जे भयो त्यो अध्यक्ष ओलीको डिजाइनमा भएको कुरा बुझ्न जरुरी थियो । विद्याको एक्लो प्रयासबाट शाक्यलाई अन्याय भएको थिएन । एमालेमा ओलीको भन्दा कम योगदान अष्टलक्ष्मीको पनि छैन । काठमाडौंको रैथाने नेवार परिवारकी सदस्य भएकै कारण राजनितिकमा सफलता हासिल गरिन् । डा. वृन्दा पाण्डे र अष्टलक्ष्मी शाक्य पार्टीका दक्ष पात्र हुन् भन्ने छैन । बरु ओलीको लागि दुर्गा प्रसाईं, कोमल ओली मन परेका पात्र थिए । नेकपा एमालेको एघारौं महाधिवेशनमा विद्या भण्डारी अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरे जस्तै अनुमान गरिँदै छ । पूर्व राष्ट्रपतिले पाउने सेवासुविधा फिर्ता गरेकी छन् । तर त्यो निणर्य अध्यक्ष ओलीले मन पराएका छैनन् ।

ओलीले स्वर्गीय मदन भण्डारीको ७६ औं जयन्तीको अवसरमा विभिन्न टिकाटिप्पणी गर्न भ्याए । जुन कुरा त्यो सार्वजनिक समारोहमा भन्नु हुने थिएन । विद्या भण्डारी कै अगाडी टिकाटिप्पणी गर्नु भनेको पूर्वराष्ट्रपतिको अपमान गर्नु हो । पूर्वराष्ट्रपति भण्डारीको साथ सहयोग लिएर पार्टी फुटाउने र संसद भंग गराउने काम अध्यक्ष ओलीले नगरेका होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *