कांग्रेसभित्र चौधरीको छाँया

राजनीति समाचार

काठमाडौं । कांग्रेसभित्र क्रियाशील सदस्यता नभएपनि पैंसा र पहुँचको भरमा उग्ररुप लिने गर्दछ ।

विनोद चौधरीको स्वार्थमा लुम्बीनी प्रदेशका महामन्त्री विक्रम खनालमाथि अनुशासनको कारवाही भएको छ । पार्टीका पूराना कार्यकर्तालाई बाइपास गर्दै संस्थापनले अनुशासनको कारवाही गरेको यो पहिलोपटक हो । त्यसमा पनि इतरपक्षका नेताहरुलाई छानीछानी कारवाही गरेको अवस्था छ । कांग्रेसले चुनावमा अन्र्तरघात गर्नेहरुलाई कारवाही गरेको यो पहिलो पटक होइन । शक्ति र पहुँच भएकाहरुलाई कारवाही हुँदैन । कांग्रेसभित्र संस्थापनको आडमा हुने विकृति र बिसङ्गति मनपरीतन्त्र नौलो होइन । पार्टीका नेताहरु नै स्वार्थमा लाग्ने गरेका छन् । कम्युनिष्टहरु पद र पैसामा रमाउने गर्छन् । अनुशासन समितिको कारवाहीमा परेका १८ जना मध्ये पूर्वमन्त्रीसहित महासमिति सदस्यहरु एक वर्षदेखि ६ महिनासम्म निलम्बनमा परेका छन् ।

पहिले भिष्मराज आङ्दाङ्देको नेतृत्वको अनुशासनको कारवाहीमा गुपचुप थियो । अहिले सबैभन्दा आनन्द ढुङ्गाना र विनोद चौधरीले लिएका छन् । केन्द्रीय समिति बैठकमा समेत आफैंले घात गरेको बताएका थिए । आनन्द ढुङ्गाना अनुशासन आयोगको संयोजक छन्, त्यहीं आयोगले हो प्रदेश महामन्त्री, स्थानीय तहका जनप्रतिनिधिलाई समेत कांग्रेसले कारवाही गरेको छ । कांग्रेसको कारवाहीले मिसन ८४ कहाँ पुग्छ थाहा छैन । तर,कांग्रेसले विनोद चौधरी जस्तालाई बोक्दा देवराज चालिसे, लोकेश ढकालहरु कहिल्यै संसदमा पुग्न सक्दैनन् । चौधरीले तत्कालीन कालमा एमालेलाई चन्दा दिएर संविधान सभामा सांसद बनेका थिए । चौधरी पछिल्लो पटक एमाले त्यागगरी कांग्रेसमा प्रवेश गरी सांसदसहित केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

चौधरी देश कै धनी व्यक्ति भनेर चिनिएता पनि चौधरीले राजस्व छल्नेदेखि अर्थमन्त्रालयको तार काटेर आफ्नो स्वार्थमा बजेट बनाउन लागिपर्ने व्यापारी हुन् । चौधरीले निर्वाचित क्षेत्रमा स्वास्थ्य र शिक्षाको लागि आफ्नो पैंसा खर्च गरेर भवन निर्माण गर्न सकेका छैनन् । तर, चौधरी हामी चन्दा, दाता हौं भन्ने धमास दिइरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *