ऋषिपञ्चमीको अवसरमा देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो

विविध समाचार

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।

यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । अरुन्धती सहित सप्तऋषि कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भारद्वाजको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । ऋषिपञ्चमीका अवसरमा काठमाडौंको गौरीघाट, टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *