काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुनको भाउ प्रतितोला दुई लाख ६ सय रुपैयाँ कायम रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।
यसअघि साउन २३ गते एक लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै, चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन दुई हजार तीन सय ५५ रुपैयाँ रहेको चाँदी आज दुई हजार तीन सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो ।

