उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा

विविध समाचार

काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् ।

दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभागले आधिकारीक जानकारी दिएको हो । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *